नेकपा एमाले परित्याग गर्दै उमाशंकर अरगरियाको राजीनामा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१० जेठ, काठमाडौं ।  नेकपा (एमाले) का नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गर्दै अरगरियाले पार्टीभित्र इमानदार कार्यकर्ताको सम्मान नभएको, आफूहरूसँग आएका कार्यकर्ताको समायोजन नगरिएको तथा पार्टीविरुद्ध गतिविधि गर्नेहरूलाई नै संरक्षण र पुरस्कार दिने प्रवृत्ति बढेको आरोप लगाएका छन् ।

उनले आफू एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू पक्षका कार्यकर्ताहरू अझै कमिटीविहीन अवस्थामा रहेको उल्लेख गरेका छन् । पटक–पटक पार्टी नेतृत्वलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशीसमेत रहेका अरगरियाले पार्टीभित्र लगनशील र इमानदार कार्यकर्ता अपमानित हुने तर आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेहरू सम्मानित हुने अवस्था रहेको आरोपसमेत लगाएका छन् ।

पार्टीभित्रको यही प्रवृत्तिबाट आजित भएको उल्लेख गर्दै उनले आजकै मितिदेखि लागू हुने गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्