उखु किसानको भुक्तानी छिटै गरियोस् : सांसद सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी छिटै गर्न माग गरेका छन् । मंगलबार (जेठ १२) बसेको प्रतिनिधिसभा बैठकमा उनले हालसम्म उखु मिलले भुक्तानी नदिएको बताए ।

“चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि पाएका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारको अनुदान पनि चाँडै प्राप्त होस्,” उनले भने । 

रोपाइँको समयमा पर्याप्त मलको व्यवस्था गर्न पनि उनले माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्