काठमाडौं । सरकारले बर्दिवासदेखि निजगढसम्म रेलमार्ग विस्तार गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
हाल जयनगरदेखि जनकपुर हुँदै बर्दिवाससम्म आइपुगेको रेलमार्गलाई काठमाडौँ मधेश द्रुतमार्गको शुन्य विन्दुसम्म ल्याइ पुर्याइने कार्यक्रम ल्याइएको हो ।





