आज र भोलिभित्र नेविसंघ र दलित संघको नयाँ नेतृत्व आउँछ : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज र भोलिभित्रमा नेपाल विद्यार्थी संघ(नेविसंघ) र नेपाल दलित संघमा नयाँ नेतृत्व आउने बताएका छन् । शनिबार नेपाल थारु संघको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘हामीले नेपाल महिला संघको नेतृत्व एकजना साथीलाई दियौं । नेपाल तरुण दलको दियौं,’ उनले भने, ‘आज र भोलि भित्रमा नेपाल विद्यार्थी संघको पनि, नेपाल दलित संघको पनि साथीहरूलाई नेतृत्वको जिम्मा दिनुपर्ने छ ।’

तर, नेपाल थारु संघको जिम्मा कोही व्यक्तिलाई छानेर नदिएको उनले बताए ।

‘हामी प्रत्येक भ्रातृ संस्थाले अधिवेशन गरुन भन्ने चाहन्छौं, हामी त्यसमा मद्दत गर्न चाहन्छौं, हामी त्यसमा काम गर्न चाहन्छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्