प्रधानमन्त्रीले भने- नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, भर्खर थाहा पाएँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दावी गरेका छन् । आज बसेको संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका छन् ।

उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’

उनले कहाँ कहाँ नेपालले सीमा मिचेको छ भन्ने चाहिँ खुलाएनन् । नेपालका कुनै पनि प्रधानमन्त्रीले आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको यो सम्भवत: पहिलोपटक हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्