पूर्वसांसद छिरिङले त्यागिन् नेकपा, स्वतन्त्र बनेको घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले विहीबार वक्तव्य जारी गर्दै आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको बताएकी छन् ।

वक्तव्यमा उनले भनेकी छन्- मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

उनले आफ्नोविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी