आज प्रतिनिधिसभा बैैठक बस्दैँ,बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयत छलफल सक्ने तयारी छ।

बिहान ११ बजे बस्ने बैठकमा विभन्न आठ मन्त्रालयको बजेट शिर्षकमाथि छलफल गर्ने कार्यसुची छ। हिजो नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा भएको थियो।

आज विज्ञान, प्रविधी तथा नवप्रर्वन, कानुन, पुर्वाधार विकास, गृह, उर्जा, पराराष्ट्र, अर्थ, रक्षामन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बजेट शिर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

कबनबचmबतजब अझभलत
यस्तै १२ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्। प्रतिनिधिसभाका पुर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनमा शोक प्रस्तव पारित गरिनेछ।

यसैबिच आज ६ वटा संसदीय समितिका बैठक बस्दैछन् । अर्थ, पूर्वाधार विकास, आर्थिक मामिला सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजानिक नीति तथा प्रत्यायोजित र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्