रातो मच्छिन्द्रनाथको भोटो हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जाने, बालेन्द्रले दिएनन् टुंगो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

ऐतिहासिक रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज शनिबार भोटो देखाउने कार्यक्रम छ । राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी साढे ५ बजे राष्ट्रपति रामचन्द्र पौडेल त्यहाँ पुग्ने भएका छन् ।

जात्रा व्यवस्थापन समितिका विकासमान श्रेष्ठका अनुसार भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री बालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरु पनि बोलाइएका छन् । तर, हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले उनी जाने, नजानेबारे केही टुंगो नदिएको उनले बताए ।

प्रचलनअनुसार राष्ट्रप्रमुख सरिक हुने सांस्कृतिक जात्रा–पर्वमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।

भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा आयोजना गरिने श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी