रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रिया आजै सुरु हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

चितवनमा जारी रास्वपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।

हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

केही ढिलो होला । तर, आजबाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ स्रोतले भन्यो ।

रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ ।

यद्यपि ९९ जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको हो ।

निर्वाचित हुने ९९ मध्ये ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुनेछन् । प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुने व्यवस्था पार्टीको संशोधित विधानमा छ ।

अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, मतदानको समय भने सार्वजनिक गरिसकेको छैन ।

सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाले बुधबार सम्म महाधिवेशन सक्ने लक्ष्य राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्