काठमाडौं ।
साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २८७१०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६०० रुपैयाँले घटेर २८३५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १०५ रुपैयाँले घटेर प्रतितोला ४४८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





