सुदुरपश्चिममा हेमराज थापालाई सर्वाधिक मत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको प्रादेशिक मतदानअन्तर्गत सुदुरपश्चिममा हेमराज थापाले सर्वाधिक मत ल्याएका छन् । उनलाई २ हजार ३० मत प्राप्त भएको छ ।

सर्वाधिक मत ल्याएसँगै थापा केन्द्रीय सदस्य बन्ने निश्चित बनेको छ । दोस्रो स्थानमा सांसद केपी खनाल छन् । उनलाई १ हजार ८ सय ४६ मत प्राप्त भएको छ । दीपक बोहरा तेस्रो स्थानमा छन् । बोहरालाई १हजार ४५० मत आएको छ । रास्वपाको केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णीम वाग्लेले पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्