काठमाडौँ : रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित गरिएको छ।
आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो।
प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको छ।
संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ।
यसअघि शनिवार तय भएको बैठक अब आइतवार बस्ने छ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३ १७:२०





