रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत, दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्