ऐन महरले संसद् बैठकमै भने- सरकार मुर्दावाद !

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकार निमुखा जनता मार्ने खेलमा लागेको आरोप लगाएका छन्। शुक्रबारको प्रतिनिििधसभा बैठकमा महरले महरले संसद्‌मै सरकारविरुद्ध नाराबाजीसमेत गरे।

उनले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिए। महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्‍याएको छ,’ उनले भने।

महरले ‘यो सरकार मुर्दावाद’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्