रास्वपा महाधिवेशनमा आइपुग्न २ मिनेट ढिला भएर मतदान हलमा प्रवेश गर्न नपाएका प्रतिनिधिहरु गेटमा धर्ना बसेका छन् ।
उनीहरुले निर्वाचन आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै महाधिवेशनको मतदान हल बाहिर धर्नामा बसेका हुन् ।
उनहरुले मतदान गर्न पाउनुुपर्ने माग राखेका छन् । तर, समय सकिएको माइकिङ गर्दै निर्वाचन आयोगका पदाधिकारीले मतदानका लागि ढोका खोल्न नसकिने बताएका छन् ।





