प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो ओहोदाको गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहन आग्रह गरिन् ।

‘हामी विपक्षी दलहरूले सदनमा जवाफ मागिरहेका छौँ । तर, उहाँले पार्टी महाधिवेशनमा जवाफ दिनुभयो,’ काउचाले भनिन्, ‘सदनलाई होइन पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएका हो ?’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी