बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा.योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंह बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् । सिंहले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आफू नियुक्त भएको खबर आएको बताए ।

मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा ८ जनाको आवेदन परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्