प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ असार, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ ।

आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टी का प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए ।

उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराए ।

थारुको धारणापछि प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए । त्यसलगत्तै सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।

आजको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी