अस्पतालमा सेवा बन्द गरेर सडकमा निस्किए डाक्टर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको उनीहरूको भनाइ छ ।

घटनाको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो, उल्टै न्याय माग्न गएकाहरूमाथि दुर्व्यवहार भएको संघका अध्यक्ष डा. बद्री रिजालले गुनासो गरे ।

राज्यले आफुहरूको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्काल फिर्ता हुने रिजालले बताए । चिकित्सक सुरक्षित भएर काम गर्न पाउनुपर्ने संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्