गोकर्णेश्वरवासीका लागि थप स्वास्थ्य सेवा शुभारम्भ, HAMS Hospital सँग सम्झौता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले धुम्बाराहीस्थित HAMS Hospital सँग स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको छ।

आज गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र उपप्रमुख HAMS Hospital पुगेर आयोजित विशेष कार्यक्रममा अस्पतालका चेयरम्यान आर.एस. भण्डारीसँग सम्झौता गरेका हुन्।

सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले HAMS Hospital मा १ लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, निःसन्तान दम्पतीका लागि समेत विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ। अस्पतालमा कार्यरत डा. भोला रिजालको टिममार्फत IVF (इन भिट्रो फर्टिलाइजेसन) गर्नुपर्ने अवस्थामा १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क उपलब्ध गराइनेछ।

नगरपालिकाको यस पहलले गोकर्णेश्वरवासीलाई उपचारमा आर्थिक राहत प्रदान गर्नुका साथै जटिल तथा महँगो उपचार सेवामा समेत सहज पहुँच स्थापित हुने अपेक्षा गरिएको छ। विशेषगरी निःसन्तान दम्पतीका लागि IVF सेवामा दिइने सहुलियतले उपचारका क्रममा लाग्ने आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्