चाबहिल–चुच्चेपाटीस्थित KL Tower मा BDS इन्टरनेशनलको प्रिमियम मोबाइल शोरुम सञ्चालनमा, नायिका वर्षा राउतद्वारा उद्घाटन (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा BDS International Pvt. Ltd.ले नयाँ प्रिमियम मोबाइल शोरुम सञ्चालनमा ल्याएको छ।

केएल टावरको Shop No. G21 मा रहेको शोरुमको भदौ २ गते नायिका वर्षा राउतले रिबन काटेर उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा नायिका राउतले शोरुमको सफलताको शुभकामना दिँदै ग्राहकलाई BDS इन्टरनेशनलको नयाँ शोरुममा पुगेर आफूलाई आवश्यक मोबाइल तथा अन्य सामग्री खरिद गर्न आग्रह गरिन्।

शोरुममा विभिन्न ब्रान्डका मोबाइल बिक्रीका साथै Exchange, EMI Facility, Repair & Service लगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। शोरुम उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट तथा आकर्षक उपहार योजनासमेत सञ्चालन गरिएको छ।

शोरुमका सञ्चालकविष्णु गौतमका अनुसार उद्घाटनको अवसर पारेर आगामी एक सातासम्म मोबाइल खरिदमा विशेष छुट उपलब्ध गराइनेछ। यस्तै, EMI सुविधाअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ६० प्रतिशत रकम शून्य ब्याजदरमा किस्ताबन्दी*मार्फत मोबाइल तथा ल्यापटप खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

मोबाइल खरिद गर्ने ग्राहकलाई इयरबड, एफक्यूवको मुभी टिकट, मोबाइल कभर, टेम्पर्ड ग्लास र किरिङ लगायतका सामग्री निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

गौतमका अनुसार ग्राहकलाई गुणस्तरीय मोबाइल तथा आवश्यक सेवाहरू एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले प्रिमियम मोबाइल शोरुम सञ्चालनमा ल्याइएको हो।

शोरुम उद्घाटनको पहिलो दिन कन्टेन्ट क्रियटर इष्टु कार्की, सञ्चारकर्मी दीपक समीर, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले शोरुमको भ्रमण गरेका थिए।

उद्घाटनपछि मोबाइल तथा अन्य सामग्री खरिद गर्ने ग्राहकको उल्लेख्य भीड लागेको थियो। कम्पनीले नयाँ शोरुममार्फत ग्राहकलाई प्रिमियम मोबाइलसँगै सहज खरिद, एक्सचेन्ज, किस्ताबन्दी तथा मर्मतसम्भार सेवा एउटै स्थानबाट उपलब्ध गराउने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्