७ करोड लगानीमा भव्य रोघी‘टप दरबार रोघी क्लब’सञ्चालनमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा ‘टप दरबार रोघी क्लब’ सञ्चालनमा आएको छ। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा सांगीतिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित क्लब सञ्चालनमा ल्याइएको हो।

क्लबमा नेपाली मौलिक लोकसंस्कृति र रोघी परम्परालाई आधुनिक व्यवस्थापन, प्रविधि तथा गुणस्तरीय सेवासँग जोडिएको सञ्चालकले जनाएको छ। करिब २०० जना अट्ने क्षमताको क्लबमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, पारिवारिक वातावरण र स्तरीय सेवामा विशेष ध्यान दिइएको छ। क्लबले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको जनाएको छ।

ग्रान्ड ओपनिङका अवसरमा नेपाली मौलिक कला, संस्कृति तथा लोकदोहोरीको विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा चर्चित कलाकारहरू प्रकाश सपुत, प्रियंका कार्की, दुर्गेश थापा, प्रेमराजा महत, कृष्ण कँडेल, राजु परियार, शिला आले, बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा, प्रकाश सपुतलगायत कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।

सञ्चालक अशोक गिरी लामो समयदेखि दोहोरी तथा रोघी व्यवसायमा सक्रिय छन्। करिब २५ वर्षअघि सामान्य गाउँले युवाका रूपमा काठमाडौं प्रवेश गरेका गिरीले बागबजारदेखि दोहोरी साँझको व्यवस्थापन हुँदै आफ्नो व्यावसायिक यात्रा अघि बढाएका हुन्।

क्लबले कलाकार, सञ्चारकर्मी, व्यवसायी तथा आम दर्शकलाई नेपाली कला, संस्कृति र संगीतको साझा मञ्च उपलब्ध गराउने लक्ष्य लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्