नेप्से परिसूचक सामान्य घट्यो, ३ अर्ब २९ करोडको कारोबार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ ।

आज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा बन्द भएको हो ।

दिनभर ३४६ कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारबाट ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन् । कुल कारोबार रकम ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ पुगेको छ ।

आज ११० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोलु हाइड्रोको १६ करोड ८८ लाख रुपैयाँ तथा रिलायन्स स्पिनिङ मिल लिमिटेडको १५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्