काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्का प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
त्यस्तै, बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबसमेत बढाउने निर्णय गरेको छ ।
निर्णयअनुसार कक्षा ९–१० मा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र कक्षा ६–८ का शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ ।





