आशिका तामाङले लेखिन्- सन्तोष राईको शव नेपाल ल्याउने खर्च सरकारले नै व्यहोर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सांसद आशिका तामाङले सन्तोष राईको शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद तामाङले सबै प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र राईको शव नेपाल आइपुग्ने जानकारी दिएकी हुन् ।

यसअघि शव नेपाल ल्याउन आर्थिक सहयोगको अपिल गरिएको भए पनि सरकारले नै शव ल्याउने खर्च व्यहोर्ने भएपछि अब थप आर्थिक सहयोग आवश्यक नरहेको उनले लेखेकी छिन् ।

यसअघि राईकी श्रीमतीको खातामा जम्मा भएको सहयोग रकम भने काजक्रिया तथा उनका छोराछोरी र बुबाको हेरचाहमा प्रयोग गरिने तामाङले उल्लेख गरेकी छिन् ।

राईको शव नेपाल ल्याउने जिम्मेवारी लिएर आवश्यक प्रक्रिया अघि बढाएकोमा नेपाल सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै उनले बाँकी प्रक्रिया समयमै पूरा भएर शव छिट्टै परिवारसम्म आइपुग्ने अपेक्षा व्यक्त गरेकी छिन् ।

सन्तोष राईको शव नेपाल ल्याउन सहयोग, पोस्ट सेयर तथा आवाज उठाइदिने देश तथा विदेशमा रहेका सबै नेपालीप्रति सांसद तामाङले आभार व्यक्त गरेकी छिन् ।

आशिकाकाे स्टाटस जस्ताकाे तस्तै

स्व. सन्तोष राईको शव नेपाल ल्याउने सम्बन्धमा आज प्राप्त जानकारीअनुसार शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापन खर्च नेपाल सरकारले नै गर्ने भएको छ । सबै प्रक्रिया पूरा गरी करिब १५ दिनभित्र शव नेपाल आइपुग्ने भएको छ । यसअघि हामीले सहयोगको अपिल गरेका थियौँ । अब शव ल्याउने खर्च सरकारले व्यहोर्ने भएकाले थप आर्थिक सहयोग आवश्यक छैन। अहिलेसम्म उहाँकी श्रीमतीज्यूको खातामा जम्मा भएको सहयोग रकम काजक्रिया तथा उहाँका छोराछोरी र बुबाको हेरचाहमा प्रयोग हुनेछ। सानो ठूलो नभनी सहयोग गर्नुहुने, पोस्ट share गर्नुहुने र आवाज उठाइदिनुहुने देश तथा विदेशमा रहनुभएका सबै नेपालीप्रति Thank you so much.

साथै, स्व. सन्तोषजीको शव नेपाल ल्याउने जिम्मेवारी लिएर आवश्यक प्रक्रिया अगाडि बढाएकोमा नेपाल सरकार तथा सम्बन्धित निकायलाई पनि धन्यवाद। अब बाँकी प्रक्रिया समयमै पूरा भएर उहाँको शव छिट्टै परिवारसम्म आइपुगोस्।
हार्दिक श्रद्धाञ्जली ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्