आईजीपी बिरूद्द फेरि खनिए सांसद खगेन्द्र सुनार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसद खगेन्द्र सुनार पुन: प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबिरूद्द खनिएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने भन्दै प्रहरी मुख्यालय निश्चित बिचौलियाको घेरामा रहेको पनि बताए ।

‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’

उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती पनि दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्