काठमाडौँ : केही दिनको अन्तरालमा अर्का एक सुकुम्बासीले पनि आत्महत्या गरेका छन् ।
५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
उनी गैरीगाऊँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँबाट हटाएपछि उनी टिकाथलीमा परिवारसहित डेरामा बस्थे ।
अस्ति राति उनले डेरामै आत्महत्या गरेका हुन् । उनको हिजो दाहसंस्कार पनि भइसकेको छ ।
साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको परिवारले सरकारसँग १२ बुँदे माग राखेको छ ।





