छोरा बनाइदेः शिवराज पौडेलले ल्याए नारी वेदनाले भरिएको तीज गीत (भिडियो)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सहर संगीत उद्यमी तथा सर्जक शिवराज पौडेलले नारी वेदना र पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक गरेका छन्।

‘यो जुनीमा पीडा जति मेरै भागमा खनाइदे, अर्को जुनी भगवान् छोरा बनाइदे’ भन्ने भावपूर्ण शब्दमार्फत गीतले नेपाली समाजमा महिलाले भोग्दै आएको पीडा र विभेदलाई उजागर गरेको छ।

जन्मघर छाडेर कर्मघर पुगेकी छोरीले श्रीमानदबट पाउने मानसिक तथा शारीरिक पीडालाई गीतको कथ्य बनाइएको छ। आफूले भोगेको पीडा माइतीलाई सुनाउँदा माइतीको मान–सम्मानमा आँच आउने डर र पीडा सहेर चुप लाग्दा ज्यानै जाने अवस्थाबीच महिलाले भोग्नुपर्ने बाध्यतालाई गीतमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

पशुपति म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा बसन्त थापाको शब्द तथा संगीत रहेको छ भने शान्तिश्री परियारले स्वर दिएकी छन्।

गीतको भिडियोमा अञ्जली अधिकारी र बसन्त थापा फिचर्ड छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन्। करण चैसिरको छायांकन रहेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन्।

तीजको सांस्कृतिक परिवेशमा मनोरञ्जनसँगै महिलाका वास्तविक पीडा र सामाजिक विभेदको विषय उठान गरेको ‘छोरा बनाइदे’ले यस वर्षको तीजमा फरक सन्देश दिने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी