राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकमा दुई वर्षीया बालिका मृत फेला परेकी छन्।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आज बिहानदेखि हराएकी थिइन्। बालिका हराएको जानकारी पाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा खुशी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। बालिकाको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।





