उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

उदयपुर । प्रहरीले उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट गाँजासहित टिपर चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।

गाँजा फेला परेपछि प्रहरीले टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्दै आएका करिब २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको हो।

बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्