गरिमा चौधरी हत्या प्रकरणको बयान भिडियो खिच्ने प्रहरी पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो। भिडियोमा किशोरले घटनाबारे विवरण दिएको देखिन्छ।

भिडियो खिच्ने व्यक्तिबाटै उक्त सामग्री बाहिरिएको हुनसक्ने देखिएपछि प्रहरीले ती प्रहरीलाई पक्राउ गरेको हो। बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

उनका अनुसार पक्राउ परेका प्रहरीविरुद्ध फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको छ।

भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्य प्रहरीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्