काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय अंकमुनि झरेको छ। आज नेप्से परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९ अंकमा कायम भएको छ।
अघिल्लो कारोबार दिन नेप्से १०.६७ अंकले घटेको थियो। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ।
आज ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक घटेका छन्।
जलविद्युत् समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ। निर्जीवन बीमा समूह १.१२ प्रतिशत घट्दा बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार समूह ०.५० प्रतिशत घटेका छन्।
समूहगत कारोबारमा जलविद्युत् क्षेत्र अगाडि रह्यो। उक्त समूहका कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकको ३० करोड र उत्पादन तथा प्रशोधन समूहको ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
आज हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशत बढेको छ। धौलागिरि लघुवित्त ११.९८, सीवाईसी लघुवित्त ९.१४, सयपत्री हाइड्रोपावर ६.२७, हाथवे इन्भेस्टमेन्ट ३.३३ र खानीखोला हाइड्रोपावर ३.३३ प्रतिशत बढेका छन्।
यता पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.८३ प्रतिशत घटेको छ। विन नेपाल लघुवित्त ८.६७ र माउन्ट एभरेस्ट पावर ७.७६ प्रतिशत घटेका छन्।
रकमका आधारमा आज धेरै कारोबार हुने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सेल डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर रहेका छन्।





