लायन्स क्लब अफ काठमाडौं ग्रिन भ्याली र ग्रिन भ्याली विकास समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ भदौ, काठमाडौं ।  लायन्स क्लब अफ काठमाडौं ग्रिन भ्याली र ग्रिन भ्याली विकास समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

मानवीय सेवाको भावनासहित आयोजना हुन लागेको कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई आग्रह गरेको छ। रक्तदानले आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने भएकाले स्वस्थ तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन अपिल गरिएको हो।

२०८३ भदौ १३ गते शनिबार आयोजना हुने उक्त रक्तदान कार्यक्रम ग्रिन भ्याली विकास समाजको प्राङ्गणमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकले रक्तदान गर्न इच्छुक सम्पूर्ण महानुभावलाई निर्धारित समयमा कार्यक्रमस्थलमा उपस्थित भई रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी