भोटेकोशीमा ठूलो बाढीपछि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको हो।

बाढी भोटेकोशी हुँदै रसुवाबाट नुवाकोटतर्फ बढेको र त्यसपछि धादिङ, गोरखा तथा चितवनतर्फ समेत प्रभाव पर्न सक्ने बताइएको छ। बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको एक बजारसमेत बगाएको बताइएको छ। यद्यपि क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन।

बाढी प्रभावित क्षेत्रमा सम्भावित उद्धार तथा राहतका लागि सरकारी निकायले आवश्यक तयारी अघि बढाएका छन्। हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा राख्नुको उद्देश्य आवश्यक परे तत्काल उद्धार तथा राहतमा परिचालन गर्नु रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी