लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १० भदौः रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारणले सो जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ ।

“आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो । सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन भइरहनुभएको छ । त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पु-याएको छ ।” उहाँले नदीसतहभन्दा १० मिटरमाथि रहेको सुरुङमा समेत असर पारेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी