घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जनामा ९ जना डिस्चार्ज

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं- रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहानसम्म ९ जना डिस्चार्ज भइरहेका छन् अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी