रसुवाका बाढी प्रभावितको उद्धार र उपचारमा गोकर्णेश्वर नगरपालिका जुट्ने, १५ घाइतेको उपचार गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ भदौ, काठमाडौं । काठमाडौं । रसुवामा गएको बाढीका कारण विपद्मा परेका सर्वसाधारणको उद्धार तथा घाइतेको उपचारका लागि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले द्रुत सहयोग परिचालन गर्ने जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन नगरपालिकाले दुई वटा एम्बुलेन्स र १० जना नगर प्रहरीसहितको टोली परिचालन गर्ने जनाएको हो ।

बाढीका कारण उच्च जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याउन नगर प्रहरी र सवारीसाधन परिचालन सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख दिपक रिसालले जानकारी दिए ।

घाइते नागरिकको प्रभावकारी उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले जानकारी दिए। उनका अनुसार नेपाल मेडिकल कलेज, शंखरापुर हस्पिटल र नेपाल अर्थोपेडिक अस्पतालमा कुल १५ जना घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ।

रसुवामा बाढीले जनधनको क्षति पुर्‍याएपछि स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला पक्ष उद्धारमा जुटिरहेका बेला गोकर्णेश्वर नगरपालिकाले पनि अग्रसरता देखाएको हो। नगरपालिकाको टोलीले प्रभावित क्षेत्रमा पुगेर उद्धार र सहयोगका कामलाई निरन्तरता दिन तथा अस्पतालहरूसँग नियमित सम्पर्कमा रहने जनाइएको छ।

नगर प्रमुख रिसालले विपद्को समयमा मानवीय सेवालाई पहिलो प्राथमिकतामा राख्दै प्रभावितहरूको उद्धार, उपचार र राहतमा नगरपालिकाले सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, बाढीको थप जोखिम हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जानसमेत अपिल गरिएको छ।भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।

हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी