बाढीपहिरो प्रभावित क्षेत्रमा बलेफी गाउँपालिकाका सम्पर्क विहीन ८ जनाको खोजी, नामसहित सूचना जारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका ८ जनाको खोजी तथा उद्धारका लागि बलेफी गाउँपालिका–६ नम्बर वडा कार्यालयले सूचना जारी गरेको छ।

गत २०८३\०५\१० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको अकल्पनीय तथा आकस्मिक विपद्का कारण प्रभावित क्षेत्रमा कामको सिलसिलामा रहेका बलेफी गाउँपालिका–६ का केही व्यक्तिहरू हालसम्म सम्पर्कमा नआएको वडा कार्यालयले जनाएको छ।

सम्पर्कविहीन हुनेहरूमा ८माँखा निवासी सुरेन्द्र नेपाल, तल्लो जालवारीका विशेष पराजुली र सरोज पराजुली, जालवारीका सुवास तामाङ, माँखाका सरोजमान तामाङ, कान्छा तामाङ, विनोद तामाङ र भुवन कोइराला८ रहेका छन्।

उनीहरूको अवस्था तथा अवस्थिति बारे जानकारी भएमा तत्काल सम्बन्धित निकाय वा वडा कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ।

बलेफी गाउँपालिका–६ का वडा अध्यक्ष तेजबहादुर पराजुली द्वारा जारी सूचनामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सबै सरोकारवाला पक्षसँग आवश्यक सहयोग गर्नसमेत अपिल गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी