काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी कर्मचारी एवम् कामदारहरू सम्पर्कविहीन भएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्क बिहिन छन् । यी मध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् ।
आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्क बिहिन भएका छन् । रसुवागढी आयोजनामा कार्यरत ५१ जना सम्पर्क बिहिन छन् । टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका छन् ।
मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी सम्पर्क बिहिन छन् । उनीहरुसँग बुधबारदेखि नै सम्पर्क हुन सकेको छैन ।
सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना हराइरहेका छन् । ५ जना नजिकैको गाउँमा शरण लिएर बसेका छन् । जसमध्ये ३ जना चिनियाँ र २ जना नेपाली उद्दारको पर्खाइमा छन् ।
बुधबार सुरुङमा थुनिएर सम्पर्क बिहिन भएका ६० जना सँग सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ । अहिलेसम्म सबैको अवस्था अज्ञात रहेको इप्पानले जनाएको छ ।





