११ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, राहत र उद्धारमा सहयोग गर्न चाहने विदेशी नागरिकले सिँधै सरकारलाई सहायता रकम पठाउन सक्ने भएका छन् ।
सरकारले सिँधै ‘प्रधानमन्त्री विपद् उद्धार कोष’ मा आर्थिक सहायता पठाउन मिल्नेगरी वेभसाइट सञ्चालनमा ल्याएको हो ।
विदेशी नागरिक र संस्थाले त्यसमा सहयोग पठाउन सक्नेछन् । रसुवाको भोटेकोशीमा आएको बाढीले प्रभावित नागरिकहरुको उद्धार, राहत र पुनःस्थापनाका निम्ति सहयोग संकलन गर्न कोष खडा गरिएको छ । नागरिक, कलाकार, व्यवसायीलगायतले कोषमा सहयोग जम्मा गरिरहेका छन् ।





