११ भदौ, काठमाडौं । सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत तथा उद्धार कोषमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ५० हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थाले चीन हुँदै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो।
विपद्को समयमा राज्यसँगै सामाजिक संघसंस्था तथा नागरिकको समेत सहकार्य आवश्यक रहेको भन्दै संस्थाले आफ्नो तर्फबाट गरिएको सहयोगले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने विश्वास लिएको केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए।सस्थाका अध्यक्ष र सचिब कमल सरगम द्वारा जारी बिग्यप्ती मा जनाइएको छ।
उनले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताए।





