बाढी तथा विपद् प्रभावितका लागि आर्या फार्मा ल्यावको ८२ लाख ५१ हजार रुपैयाँ बराबरको औषधि सहयोग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्मा ल्याव प्रा।लि।ले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।

कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकको उपचारमा प्रयोग हुने आवश्यक औषधिहरू उपलब्ध गराएको जनाएको छ।

विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप औषधि तथा उपकरण आवश्यक परेमा त्यसका लागि समेत सहयोग उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ।

आर्या फार्मा ल्यावका अनुसार विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु सहयोगको मुख्य उद्देश्य हो। स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत औषधि उपलब्ध हुँदा प्रभावित नागरिकको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण स्वास्थ्य जोखिममा परेका नागरिकलाई प्राथमिकतामा राख्दै गरिएको उक्त सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै आर्या फार्मा ल्यावले स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता समेत जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्