चिनियाँ रेडक्रस सोसाइटीले मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दुई हजार थान शव राख्ने झोला उपलब्ध गराएको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार उक्त सहयोग सामग्री सोमबार नेपाल आइपुगेको हो ।
सहयोग सामग्रीको कुल मूल्य २२ लाख ७० हजार बराबर छ । उक्त सहयोगले नेपालको जारी मानवीय तथा विपद् प्रतिकार्य प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





