राष्ट्रपति पौडेलले आज साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेलले आजै बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यस क्रममा उनले भएको क्षति, मानवीय संकटलगायत विषयमा नेपाली सेना तथा अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।

भदौ १० गते आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो ।

उक्त घटनामा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको र ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेको जनाइएको छ । जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्