दबाबमा संयमित ब्याटिङ गर्दै हङकङविरुद्ध इशान पाण्डेको अर्धशतक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङविरुद्ध संघर्ष गरिरहेको छ ।

२६२ रनको कठिन लक्ष्य पछ्याइरहेको नेपालका लागि युवा ब्याट्सम्यान इशान पाण्डेले अर्धशतक बनाएका छन् ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका इशानले संयमित इनिङ खेल्दै नेपालको ब्याटिङ सम्हालेका हुन् । यो समाचार बनाउँदासम्म इसानले ८२ बलमा २ चौका र २ छक्काव मद्धतमा ५६ रन बनाएर खेलिरहेका छन् । ४० ओभरको खेल सकिँदा १६९ रन बनाएको छ । क्रिजमा इशानलाई गुल्शन झाले साथ दिइरहेका छन् ।

नेपालको ओपनिङ जोडी आसिफ शेख र अर्जुन कुमालले ४४ रनको पार्टनरसीप गरेका थिए । तर, त्यसपछि नियमित विकेट गुमाउँदा नेपाल दबाबमा आएको छ । आसिफ ४४ रन बनाएर आउट भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्