गृहमन्त्री गुरुङको दाबी– ‘अर्को गोली चलाउन कसैले हिम्मत गर्न सक्दैन’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन्।

जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति लामिछानेले आफूलाई जेनजीको आशा मर्न नदिने र सुशासन कायम गरेर देखाउने जिम्मेवारी दिएको बताए।

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर। त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने।

उनले आफू मन्त्रीसँगै दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै गोली चलेमा मात्रै आफू ढल्ने र देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे।

‘तपाईंहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ। त्यो भनेको अर्को गोली चल्नुपर्छ। अर्को गोली चलाउनका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन। म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्