माइतीघरमा महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी छन्।

माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला ती महिलाले आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार लक्ष्मी बस्नेत नाम गरेकी महिलाले आगो लगाउने प्रयास गरेकी हुन्। घटनालगत्तै प्रहरीले आगो निभाएर उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ।

“उहाँलाई अहिले वीर अस्पताल लगिएको छ। स्वास्थ्य अवस्थाबारे थप बुझ्दैछौँ,” एसपी थापाले भने।

महिलाको आगो लगाउने प्रयासको कारण र उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्