बाढीमा मृत्यु हुनेको संख्या १३ सय ६६ पुग्यो, १०२ जनाको मात्रै शव हस्तान्तरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ ।

मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको हो ।

अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ ।

बाँकीको डिएनए नमूना लिइएको छ। १२८६ शवको डिएनएन संकलन सकिँदा मृतकका आफन्तहरू १४१२ जनाको डिएनए संकलन भएको छ । बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन् ।

तीमध्ये नेपाली नागरिकहरू २ हजार ९०७ पुरूष, ५७२ महिला तथा विदेशी नागरिकहरू २६९ पुरूष र ३२९ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्