सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ साउन । उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्