न्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन रुटमा कति ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ ।

हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ ।

नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।

काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले झरेको छ ।

फ्यूल सरचार्जमा अन्य शीर्षकहरु थप गरी कुल भाडा तय गरिन्छ । प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा माथि वायुसेवा कम्पनीले भाडा लिन पाउँदैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्